काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताहरूले गरेका वचन पूरा नगरे जनताले उनीहरूलाई सजाय दिनुपर्ने बताएका छन्।

चितवनस्थित पोखरा बसको सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा लामिछानेले नेताहरूले आफ्नो प्रतिबद्धता पूरा नगरी हाँसेर हिँड्न नपाउने स्पष्ट पारे। उनले भने, “भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा जनताले अन्य क्षेत्रमा सजाए पाउने। नेताले बोल्दो हिड्दो सकियो पूरा नगरी यतिकै हासेर हिड्न पाइन्छ, पाइन्न।”

advertisement

आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गरेर अघि बढ्ने रणनीति अपनाएको बताए। पार्टी सभापतिको हैसियतले देशका विभिन्न भागमा पुग्नुपर्ने दायित्व रहेकाले चितवन क्षेत्र नं. २ को चुनावी अभियानमा नागरिकलाई आफ्नो प्रतिनिधि बन्न आग्रह गरे।

उनी भन्छन्, “यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ। तपाईंहरू मेरो प्रतिनिधि भएर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई देशका दुर्गम ठाउँमा पुग्ने अवसर दिन्छ।”

लामिछानेले रास्वपाले कम्तीमा पनि एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै पाँच वर्ष स्थिर सरकारको आवश्यकता औंल्याए। उनका अनुसार, “यस पटक हामीले कम्तीमा पनि एकल बहुमतको सरकार चलाउनुपर्ने हुन्छ। ५ वर्षको स्थायी सरकार यो देशले पाउँछ। त्यसपछि ५ वर्षको कामले बोल्छ, हामीले बोल्न पर्दैन।”

अन्तमा उनले मतदातासँग अरू कुनै माग नरहेको भन्दै आफ्नो विवेक र विचारको जिम्मा नागरिकलाई सुम्पिएको बताए। उनले स्पष्ट पारे, “यसका लागि हामी तपाईका विवेकलाई जिम्मा लगाउँदैछौं। तपाईको विचारलाई जिम्मा लगाउँदैछौं।”

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com