काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले गोरखा १ का उम्मेदवार सुधन गुरुङ देशलाई माया गर्ने मान्छे भएको बताएका छन्।
गोरखाका मतदातासँग सभापति लामिछानेले गुरुङप्रति शंका गर्नुपर्ने कुनै कारण नभएको बताए। उनले भने, ‘सुधन गुरुङका शैलीहरूमा प्रश्न होला। सुधन गुरुङको भित्र एउटा अबोध बालक छ। एउटा अबोध बालक छ। एउटा जिज्ञासु मानिस छ।सुधन गुरुङको राजनीतिक परिपक्वतामा तपाईँहरूलाई प्रश्न आउला।
सुधन गुरुङका कतिपय अभिव्यक्तिहरूमा प्रश्न गर्ने ठाउँहरू तपाईँले निकाल्नुहुन्छ होला। तर सुधन गुरुङ यो देशलाई माया गर्ने छोरो हो, मलाई यसमा अलिकति पनि शंका छैन।’ उनले कमजोरी भए विस्तारै सुधार्दै जान सकिने बताए।
उनले थपे, ‘रास्वपा भित्र रहेका हामी सबैले देशलाई माया गर्ने सुधन गुरुङलाई सँगै जितेर लिएर जान्छौँ र जेनजी आन्दोलनमा घाइतेहरूका लागि लड्ने, परिवारहरूका लागि लड्ने, सहिद परिवारहरूका लागि लड्ने र निरन्तर लडिरहने एउटा त्यस्तो योद्धा हो सुधन गुरुङ। त्यस कारणले पनि यहाँहरूले विजयी बनाएर संघीय संसदमा एउटा जोडदार आवाजका रूपमा प्रस्तुत गर्नुहुनेछ भन्ने कुरा पनि म जानकारी गराउन चाहन्छु।’
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












प्रतिक्रिया