काठमाडौं। स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले क्यान्सर रोगको उपचारमा सरकारले कुनै कमी हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्। क्यान्सरविरुद्ध जनचेतना फैलाउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कद्वारा शनिबार काठमाडौँमा आयोजित साइकल र्‍यालीको उद्घाटन गर्दै उनले सरकारले सबै प्रदेशमा क्यान्सर उपचारलाई सहज र पहुँचयोग्य बनाउने बताइन्।

मन्त्री गौतमले स्वास्थ्य क्षेत्रमा आवश्यकताहरू धेरै भए पनि तिनलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्दै समस्या समाधान गरिने जानकारी दिइन्। उनले क्यान्सर उपचारलाई सरकारको महत्वपूर्ण प्राथमिकतामा राखिएको उल्लेख गर्दै उपचार सेवामा कुनै प्रकारको कमी हुन नदिइने दोहोर्‍याइन्।

advertisement

उनले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपीभी’ खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै लक्षित वर्गलाई यस्ता अवसरको अधिकतम लाभ लिन आग्रह गरिन्।

स्वास्थ्यमन्त्री गौतमले क्यान्सर रोगको उपचारभन्दा रोकथाममा जोड दिनुपर्नेमा जोड दिँदै जीवनशैली सुधार, समयमै परीक्षण र जनचेतनाको भूमिका महत्वपूर्ण हुने बताइन्। क्यान्सरजस्ता गम्भीर रोगबाट जोगिन नागरिक स्वयं सचेत हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: २४ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com