काठमाडौं । नेपाली कांग्रेसले ७ फागुनमा मधेसको राजधानी जनकपुरमा गर्ने सभा एक दिन अगाडि सारेको छ। उसले ६ फागुनमा सभा गर्ने मधेस प्रदेश समितिले निर्णय गरेको हो।
सभा तृतीय गाछीमा हुनेछ। बैठकले सभाको प्रचार–प्रसारको जिम्मेवारी नितेश कुमार गुप्तालाई तथा मञ्च व्यवस्थापनको जिम्मेवारी योगेन्द्र पञ्जियारलाई प्रदान गर्ने निर्णय पनि गरेको छ।
सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताले गर्ने मधेश सभाको समग्र तयारी, व्यवस्थापन तथा संगठनात्मक विषयमा व्यापक छलफल गर्दै सभालाई प्रभावकारी र सफल बनाउन ३२ निर्वाचन क्षेत्रबाट नेता कार्यकर्तासहित बोलाउनेछ।
प्रकाशित मिति: २४ माघ २०८२, शनिबार












प्रतिक्रिया