काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ लोक्छोङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार शनिबार अपराह्न करिब ३ बजे सिलिचोङ–२ बेतेनीबाट बालातर्फ जाँदै गरेको बाप–०२–०४६प २४६७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। उक्त मोटरसाइकल २२ वर्षीय आकाश राईले चलाएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिलिचोङ–२ बेतेनी घर भई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटार निवासी ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार शनिबार अपराह्न करिब ३ बजे सिलिचोङ–२ बेतेनीबाट बालातर्फ जाँदै गरेको बाप–०२–०४६प २४६७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। उक्त मोटरसाइकल २२ वर्षीय आकाश राईले चलाएका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिलिचोङ–२ बेतेनी घर भई भोजपुरको साल्पा सिलिछो–१ काम्लेटार निवासी ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

प्रतिक्रिया