काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रहेको छ।
महाशाखाले आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागिरहने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।
यसैगरी, आज राति तराईका केही स्थानमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी स्थानको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया