काठमाडौं। प्रधानमन्त्री सुशिला कार्कीले आइसीसी टी-२० विश्वकपको पहिलो खेल खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिएकी छन् । आइतबार बिहान फेसबुकमार्फत प्रधानमन्त्री कार्कीले नेपाली टोली विश्वकप खेल्न लागेकामा खुसी व्यक्त गर्दै शुभकामना दिएकी हुन् ।

विश्वकपको समुह सी मा रहेको नेपालले आज इङल्याण्डविरुद्ध दिउसो ३: १५ बजेदेखि खेल्दैछ ।

advertisement

उनले भनेकी छन्- आज मुम्बईको वानखेडे स्टेडियममा हाम्रो राष्ट्रिय धुन गुन्जिनेछ र त्यो विश्वले सुन्नेछ । कप्तान रोहित पौडेलको टोलीले देखाउनेछ- नेपालको आत्मविश्वास, एकता र सामूहिकताको बेजोड प्रस्तुति । तेस्रोपटक आईसीसी टी–२० विश्वकप खेलिरहेको नेपालसँग यतिखेर संसारभर फैलिएका प्रशंसकको साथ र विगतमा गरेका चमत्कार/सफलताको आड छ। इङल्याण्डसँगको आजको ऐतिहासिक भेटअघि सिंगो राष्ट्रका तर्फबाट शुभकामना !

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com