काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टीको सबै पद तथा सदस्यताबाट राजीनामा दिएका छन्। पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पदत्यागको घोषणा गरेका हुन्।
आइतबार रातोपाटीसँग कुरा गर्दै शाहले आफूले पार्टीलाई राजीनामाबारे जानकारी गराइसकेको बताए। संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डालाई संस्थागत गर्नेभन्दा पनि पार्टी नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित भएको उनको आरोप छ।
शाहले सामाजिक सञ्जालमार्फत पनि राजीनामाको जानकारी दिँदै पछिल्ला साढे तीन वर्षमा साथ र सहयोग गर्ने सबै नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेका छन्। पार्टीभित्र इमानदार नेता–कार्यकर्ता धेरै भए पनि नेतृत्व तहको विरोधाभासी चरित्रका कारण आफूले आफ्नो स्थान बनाउन नसकेको उनको भनाइ छ।
उनले राष्ट्र र जनता नै आफूका लागि सर्वोपरि भएको उल्लेख गर्दै पार्टीभन्दा माथि देशको हित हुने बताए।
यसअघि राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका थिए।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया