काठमाडौं । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको सांसद पद खोस्ने तयारी सुरू भएको छ । नेपाली कम्युनिस्ट पार्टीले शर्मामाथि कारबाहीको प्रक्रिया सुरु गरेको हो ।
जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि शर्मालाई सांसद पदबाट हटाउने तयारू सुरू भएको हो । कारवाही प्रक्रिया सुरु गर्दै नेकपाले शर्मासँग सपष्टीकरण सोधेको छ ।
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन् । उनलाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागिएको हो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिममा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार













प्रतिक्रिया