काठमाडौँ । ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रित भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार भूकम्पको केन्द्र नेपाल–भारत सीमा नजिकै रहेको छ। भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा महसुस गरिएको भए पनि हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन।
प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार













प्रतिक्रिया