काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लब काभा महिला भलिबल लिगको सेमिफाइनलबाट बाहिरिएको छ।

माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा सोमबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा पुलिस क्लब काजकिस्तानको तुरान भलिबल क्लबसँग ३–० को सोझो सेटमा पराजित भयो। पुलिसले खेल २५–१४, २५–१३ र २५–११ को सेटमा गुमाएको हो।

advertisement

अब उपाधिका लागि काजकिस्तानको तुरान भलिबल क्लबले इरानी क्लब फौलादसँग फाइनल खेल्नेछ। फौलादले श्रीलंकाको हिरदारमणि एससीलाई २५–१२, २५–९ र २५–१६ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो।


प्रकाशित मिति: २७ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com