काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका धेरै स्थान तथा उपत्यकाहरूमा हुस्सु लागेको छ भने हिमाली र उच्च पहाडी भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रको मौसम साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

advertisement

आज राति तराईका केही स्थानमा तुँवालो लाग्न सक्ने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु कायम रहने र तत्काल वर्षाको सम्भावना नरहेकाले तराई तथा उपत्यकाहरूमा वायु प्रदूषण पनि यथावत् रहने देखिन्छ। प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले सर्वसाधारण तथा सरोकारवाला सबैलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com