एजेन्सी ।  रुसले पश्चिम खार्किभको एक शहरमा गरेको आक्रमणमा कम्तिमा ४ जनाको मृत्यु भएको छ । मर्नेमा ३ जना बालबालिका रहेको बताइएको छ ।

खार्किभका क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेग सिनेगुबोभका अनुसार आक्रमणमा परेर घरभित्र रहेका एक वर्षीय बालक, दुई वर्षकी बालिका र ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । यस हमलामा ३५ वर्षकी गर्भवती महिला र ७६ वर्षकी अर्की महिला घाइते भएका छन् ।

advertisement

मंगलवार राति भएको यो हमला एक हप्ताभरिको ब्रेकपछि रूसले पुनः हवाई आक्रमण सुरु गरेको समयमा भएको हो । डोनेत्स्कको स्लोभ्यान्स्क शहरमा रुसले बम प्रहारमा दुई जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा एक जना ११ वर्षकी बालिका पनि छिन् ।

त्यस्तै सोमबार राति देशभर भएका ड्रोन हमलाले हजारौँ मानिस बिजुलीबिहीन भएका छन् । कठोर चिसोका बीचमा बोहोदुखिभमा चिसोले एक आमासहित उनका १० वर्षीय छोराको पनि मृत्यु भएको बताइएको छ । ऊर्जा स्थिति गम्भीर बनेपछि खार्किभ क्षेत्रमा आपतकाल घोषणा गरिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीका अनुसार रूसी सेनाले यातायात र ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदै दबाब बढाइरहेको छ । यसैबिच, रुसको भोल्गोग्राड क्षेत्रमा युक्रेनी ड्रोनको ठूलो हमला भएको छ । त्यहाँको एउटा अपार्टमेन्टमा क्षति पुगेको र कारखानामा आगो लागेको खबर आएको छ । युक्रेन र रूसमा मानविय संकट र नागरिक हताहती बढ्दै गएको छ । यस्तोमा अन्तर्राष्ट्रिय समुदायले तत्काल शान्ति प्रयासको आवश्यकतालाई जोड दिएको छ ।

प्रकाशित मिति: २८ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com