काठमाडौं। विशेष अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणमा बिचौलिया खेमप्रसाद सुवेदीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सुवेदीलाई धरौटीमा छाड्ने आदेश जारी गरेको हो। अदालतमा उपस्थित हुन निवेदन दिएका सुवेदी आजै अदालतमा उपस्थित भएका थिए।

advertisement

सुवेदीमाथि तत्कालीन अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसँग मिलेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवेदीविरुद्ध ७९ लाख ८० हजार रुपैयाँ करार रकम र सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

आयोगले गत २५ मङ्सिरमा भट्टराईसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यसमा प्रमुख कसुरदार भट्टराई पहिल्यै पाँच लाख रुपैयाँ धरौटीमा छोडिएका छन्। सुवेदीमाथि मुख्य आरोप भनेको भट्टराईले घुसबापत प्राप्त गरेको रकम लुकाउन र वैध बनाउन सम्पत्ति शुद्धीकरणमा सहयोग गर्नु हो।

अनुसन्धानको क्रममा पत्ता लागेको तथ्यअनुसार सुवेदीले भक्तपुरको दधिकोटमा रहेको जग्गा तीर्थराज भट्टराईसँग जोडिएका कविता पौडेलको नाममा पास गराइ अवैध रकम लगानी गर्न सहयोग गरेको पनि पाइएको थियो।

विशेष अदालतले सुवेदीको धरौटी रकम २ लाख रुपैयाँ तोकेको छ र न्यायिक प्रक्रिया पूरा नभएसम्म उनलाई थुनामा नराखी फरक व्यवस्थापन गर्न आदेश दिएको हो। यससँगै भिजिट भिसा प्रकरणमा अनुसन्धान र मुद्दाको सुनुवाइ निरन्तरता पाउने छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com