रुपन्देही। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विपक्षी दलप्रति आक्रामक टिप्पणी नगरी आफ्ना एजेन्डा र उपलब्धिका आधारमा चुनावी मैदानमा उत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
बिहीबार रुपन्देहीमा आयोजित निर्वाचन–केन्द्रित पार्टी सदस्य भेटघाट कार्यक्रममा बोल्दै उनले प्रतिस्पर्धालाई दुस्मनीमा रूपान्तरण नगर्न चेतावनी दिए। “विपक्षीलाई गाली गरेर होइन, कांग्रेसले अघि सारेका नीति र कार्यक्रमका आधारमा जनतामाझ जानुपर्छ,” उनले भने।
शर्माले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र आवश्यक कानुन निर्माणमार्फत देशलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता कांग्रेसले लिएको उल्लेख गरे। बदलिएर आएको कांग्रेसले देशको नेतृत्व गर्न सक्षम रहेको दाबी गर्दै उनले पार्टीलाई पहिलो दलका रूपमा स्थापित गराउन सबै एकजुट हुनुपर्ने बताए।
उनले चुनाव जित्नका लागि विगतमा कांग्रेसले गरेका काम नै पर्याप्त आधार भएको दाबी गरे। साथै नयाँ सोच र राजनीतिक रूपान्तरणको स्पष्ट सन्देशसहित निर्वाचनमा जानुपर्नेमा जोड दिए।
प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार













प्रतिक्रिया