काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब दिने लालच देखाएर करिब ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ।

प्रहरीले बिहीबार ती अभियुक्तहरू सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग मा बुझाएको छ।

advertisement

प्रहरीका अनुसार, महोत्तरी सम्सीपालिका–१ जटाधर का राउत, सोलुखुम्बु थुलुङपालिका-३ का थमराज नेपाली र ललितपुर महालक्ष्मी नगरपालिका-१ का रामकुमार राई ले पाँच जना पीडितबाट रकम ठगेको खुल्न आएको छ।

अभियुक्तहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै विभिन्न समयमा लाखौँ रूपैयाँ असुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com