काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन्। उनी कैलाश हेलिकोप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
यसअघि शाह बुद्ध एयरको नियमित उडानबाट काठमाडौँ फर्किने कार्यक्रम तय भएको थियो। तर प्रतिकूल मौसमका कारण उडान ढिलो हुने भएपछि उनले हेलिकोप्टरमार्फत यात्रा गर्ने निर्णय लिएको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्।
विमानस्थल बाहिर पूर्वराजाका समर्थकहरूले स्वागतका लागि उल्लेख्य संख्यामा उपस्थिति जनाएका छन्। सम्भावित भीड र प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि हुन सक्ने आकलन गर्दै प्रहरीले विमानस्थल क्षेत्र वरिपरि उच्च सतर्कता अपनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ।
प्रकाशित मिति: १ फाल्गुन २०८२, शुक्रबार













प्रतिक्रिया