काठमाडौं । गगन थापाले सार्वजनिक यातायात सुधारका लागि प्रारम्भिक योजना सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले सार्वजनिक यातायात व्यवस्थापनका लागि एकीकृत प्राधिकरण गठन गर्ने अवधारणा अघि सारेका हुन्।

उनका अनुसार सार्वजनिक यातायात सेवा सरकार, सम्बन्धित सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा सञ्चालन हुनुपर्छ। हालको सार्वजनिक यातायात प्रणालीले जनतालाई ठूलो सास्ती दिइरहेको उल्लेख गर्दै उनले समस्याको गम्भीरताअनुसार आवश्यक प्राथमिकता र संवेदनशीलता नदेखिएको बताए।

advertisement

सभापति थापाले सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनु अत्यावश्यक रहेको धारणा राखे। त्यसका लागि ठोस तयारी र संरचनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ।

उनले अहिलेको अवस्थाको चित्रण गर्दै भने, ‘घण्टौँसम्मको ट्राफिक जाम, सडकमा उड्ने धुलो, असुरक्षित यात्रा—यिनै हाम्रो सार्वजनिक यातायातका यथार्थ हुन्। साना तथा अव्यवस्थित सवारीसाधनमा आधारित प्रणाली, एकीकृत नभएको रुट परमिट र भाडा संरचना, राजधानीमै कामकाजी नागरिक समयमै कार्यालय पुग्न नसक्ने अवस्था—यी सबैले व्यापक सुधारको खाँचो औँल्याउँछन्।’

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com