एजेन्सी। युक्रेन, अमेरिका र रुसबीच अर्को त्रिपक्षीय वार्ता फेब्रुअरी १७–१८ मा जेनेभामा आयोजना हुने भएको छ। शनिबार क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कभले यसबारे जानकारी दिएका हुन्।

वार्तामा रुसको प्रतिनिधित्व राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर मेदिन्स्कीले गर्नेछन्। युक्रेनका मुख्य वार्ताकार रुस्तेम उमेरोभले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भनेका छन् कि युक्रेनी टोली पूर्ण रूपमा गठन भइसकेको छ र यसमा सैन्य, राजनीतिक तथा सुरक्षा पक्षहरू समावेश छन्। उनले वार्ताको मुख्य उद्देश्य स्थायी र दिर्घकालीन शान्ति सुनिश्चित गर्नु रहेको स्पष्ट पारेका छन्।

advertisement

तीन देशबीच सुरक्षा सम्बन्धी पहिलो त्रिपक्षीय परामर्श जनवरी २३–२४ मा अबूधाबीमा सम्पन्न भएको थियो, जहाँ रुसको प्रतिनिधिमण्डलको नेतृत्व सैन्य खुफिया प्रमुख इगोर कोस्ट्युकोभले गरेका थिए। दोस्रो चरणको वार्ता फेब्रुअरी ४–५ मा अबूधाबीमा सम्पन्न भएको थियो। त्यसपछि अमेरिकी विशेष दूतले रुस र युक्रेनबीच ३१४ युद्धबन्दीको आदानप्रदानमा सहमति भएको जानकारी दिएका थिए।

यो नयाँ चरणको वार्ता द्वन्द्व अन्त्य र शान्तिपूर्ण समाधानतर्फको सकारात्मक पहलका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com