रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश संयोजक सुजन ज्ञवाली एमाले प्रवेश गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘केही समय अगाडि आएको स्वतन्त्र पार्टीको हावाले आफूलाई पनि छोएको थियो । तर साढे दुई महिना सो पार्टीको लुम्बिनी प्रदेशको नेतृत्व तहमा बसेपछि प्राप्त भएको अनुभवले एमाले नै सच्चा पार्टी ठानेर पुरानै घर फर्किए ।’

एमाले परित्याग गरी स्वतन्त्र पार्टीमा प्रवेश गरेका उनी चुनावको मुखैमा फेरि एमाले प्रवेश गरेका हुन्।

प्रकाशित मिति: १३ कार्तिक २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com