विराटनगर । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका–५ पुलचोकमा दुर्घटनाग्रस्त स्कोरपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ।

बा८च ६५०८ नम्बरको स्कोरपिओ भित्री सडकखण्ड हुँदै तीव्र गतिमा गुडिरहेको अवस्थामा अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो। दुर्घटनापछि घटनास्थल पुगेको प्रहरीले गाडीभित्र खानतलासी गर्दा ४२० किलो गाँजा फेला पारेको हो।

advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार गाडीको सिट र डिक्की भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखिएको थियो। बरामद गरिएको गाँजा विभिन्न प्याकेटमा व्यवस्थित रूपमा लुकाएर राखिएको थियो।

प्रहरीका अनुसार सुरक्षाकर्मीलाई छल्न तीव्र गतिमा कुदाउँदा गाडी दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com