झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ। झापा–५ बाट निर्वाचन लडिरहेका ओलीको आगमनलाई लक्षित गर्दै भद्रपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।
विमानस्थल प्रशासनले प्रवेशद्वारदेखि नै निगरानी बढाएको छ। हवाइ टिकट लिएका यात्रुबाहेक अन्य व्यक्तिलाई विमानस्थल परिसरभित्र प्रवेश निषेध गरिएको छ। सुरक्षाका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया