काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य र समानुपातिक उम्मेदवारसहितका नेताहरू आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहितका नेताहरू कांग्रेसमा समाहित भएका हुन्। उपसभापति विश्वप्रकाश शर्माले बिपीनगर, सानेपा स्थित पार्टी कार्यालयमा नवप्रवेशी नेताहरूलाई औपचारिक स्वागत गरेका थिए।

advertisement

थामी र थापामगरसहित कांग्रेसमा प्रवेश गर्ने अन्य नेताहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्य ज्ञानेन्द्र पुन र टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरका नेता कार्यकर्ता रहेका छन्।

त्यसैगरी, दोलखा–काठमाडौं सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, संघीय समाजवादी महिला महासंघकी शुशीला थामीसहित दर्जनौँ नेताहरू पनि कांग्रेसमा प्रवेश गरेका छन्।

नवप्रवेशी नेता नानु थामीले भने, “बदलिएको कांग्रेसबाट मात्र मुलुकको समस्या समाधान हुन सक्छ भन्ने विश्वासका साथ हामी कांग्रेसमा आएका हौं। जनताको मागअनुसार देशको अवस्था परिवर्तन गर्ने अभियानमा कांग्रेस सबैभन्दा बलियो र विश्वासिलो पार्टी भएकाले यही रोजेका हौं।”

कांग्रेसले नवप्रवेशी नेताहरूलाई जिम्मेवारीसहित स्वागत गरेको छ। यसअघि शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहित ठूलो टोली कांग्रेसमा समाहित भएको थियो।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com