काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सेना दिवसको अवसरमा काठमाडौँस्थित टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा अमेरिकी सेनालाई परेडमा सहभागी गराइएको विषयप्रति कडा आपत्ति जनाएको छ।

पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले सोमबार जारी गरेको विज्ञप्तिमा नेपाली जनता र प्रमुख राजनीतिक दलहरूको सहमति बेगर अमेरिकी सेनालाई परेडमा सहभागी गराइनु रहस्यमय र आपत्तिजनक कदम भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा यसले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरिएको छ।

advertisement

घटनाबारे सरकार र सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग गर्दै पार्टीले राष्ट्रिय हितका विषयमा पारदर्शिता अनिवार्य रहेको जनाएको छ। साथै, राष्ट्रको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्नु सम्पूर्ण नेपाली नागरिकको साझा दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि टुँडिखेलमा देखिएको दृश्यप्रति टिप्पणी गर्दै यसलाई ‘विदेशी सेनाको नांगो नाच’को संज्ञा दिएका छन्।

उता, नेपाली सेनाले भने विदेशी सेनाको सहभागिता सैनिक कूटनीति र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने परम्परागत अभ्यासअन्तर्गत भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com