झापा। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरता र अव्यवस्थातर्फ गएको आरोप लगाउँदै देशलाई युवा पुस्ता होइन, अपराधी मानसिकताले क्षति पुर्‍याएको बताएका छन्। चुनावी अभियानका लागि झापा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै मतदाताले शान्ति, स्थायित्व र विकास चाहेको उल्लेख गरे।

उनले आफू हिजोदेखि नै घरदैलो अभियानमा सक्रिय रहेको र मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको बताए। मतदाताले टोल–टोलमा पुगेर भेटघाट गर्न आग्रह गरेकाले सोहीअनुसार अभियान अघि बढाइएको उनले स्पष्ट गरे।

advertisement

ओलीका अनुसार यसअघि एक साता निर्वाचन क्षेत्रमा घुम्दा मतदाताले नजिकबाट संवादको अपेक्षा व्यक्त गरेका थिए। गत हप्ता ८० वटा टोलमा पुगिसकेको उल्लेख गर्दै उनले अब बाँकी टोलहरूमा पुगेर मतदाताका गुनासा र सुझाव सुन्ने योजना रहेको बताए।

उनले जनतासँग प्रत्यक्ष भेटघाट गरेर स्थानीय समस्या बुझ्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने कामलाई प्राथमिकतामा राखेको जानकारी दिए। चुनावी अभियानलाई घरदैलो केन्द्रित बनाउँदै मतदाताको विश्वास मजबुत पार्ने प्रयासमा आफू लागिरहेको ओलीको भनाइ छ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com