एजेन्सी। प्यालेस्टिनी नागरिक सुरक्षा तथा स्वास्थ्य अधिकारीहरूले आइतबार बिहान गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
रेडक्रसका अनुसार उत्तरी गाजामा रहेको एउटा शिविरमा भएको आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने दक्षिणी गाजामा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको बताइएको छ।
इजरायली सेनाले हमासको युद्धविराम उल्लंघनको जवाफ स्वरूप आतंकवादी लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। अक्टोबर १० देखि लागू भएको युद्धविरामको समयदेखि दुवै पक्ष, इजरायल र हमासले लगभग दैनिक रूपमा एकअर्कामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।
हमासको स्वास्थ्य मन्त्रालयले यस अवधिमा कम्तीमा ६०० जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ। गाजामा नागरिकहरूको सुरक्षा र मानव जीवनको जोखिम बढ्दै गएको अवस्थामा द्विपक्षीय तनाव र आक्रमणका समाचारले अन्तर्राष्ट्रिय चिन्ता निम्त्याएको छ।
सामान्य नागरिक, बालबालिका र वृद्धसम्म प्रभावित हुने गरी भइरहेको आक्रमणले मानवअधिकार तथा जीवन सुरक्षा सम्बन्धी प्रश्नहरू उठाएको छ। अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन र युद्धविरामको सम्मान गर्न आग्रह गर्दै आएको छ।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया