ललितपुर।  राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन्।

सोमबार ललितपुरमा आयोजित घरदैलो कार्यक्रममा बोल्दै खरेलले यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा रास्वपाले १५१ सिटको लक्ष्य राखेको बताए। उनले भने, ‘यसपटक निर्वाचनमा भाग लिने घोषणा गर्दा हामीले १५१ सिटको लक्ष्य राखेका छौं। यसपटक रास्वपाको एकलौटी सरकार बन्दैछ।’

advertisement

खरेलले फागुन २१ को चुनावले केवल सरकार र संसद निर्माण मात्र नभई नेपालको भाग्य र भविष्यको आधारशिला तयार गर्ने बताएका छन्। उनले ललितपुरका तीनवटै क्षेत्रमा रास्वपाले जित्ने दाबी पनि गरे।

त्यसैगरी, उनले ललितपुरको सम्पदा आफ्नो जीवनभन्दा पनि प्यारो भएकाले यसको संरक्षण गर्नु जनताको पहिलो दायित्व रहेको बताए। ललितपुर महानगरपालिकामा रास्वपाका सभापति ललित महर्जनले पनि पार्टीले अत्याधिक बहुमत हासिल गर्ने दाबी गरे। उनले घरदैलो कार्यक्रममा मतदाताले चुनावी माहोललाई पूर्ण साथ दिएको जानकारी दिएका थिए।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com