एजेन्सी।  संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानविय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ । यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् ।

प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् । अत्यधिक मौसमका असरले खाद्य अभाव बढेको छ ।

advertisement

 

युनिसेफले स्वास्थ्य, पोषण, पानी र सरसफाइजस्ता महत्वपूर्ण क्षेत्रमा वित्तीय अभाव रहेको पनि औंल्याएको छ । यसले सेवा वितरणमा असर पु¥याएको छ र आवश्यक जीवनरक्षक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।

प्रतिवेदनले अफगानिस्तानमा मानविय सहायता अझ तीव्र आवश्यक रहेको र तत्काल कदम चालिनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com