काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश खारेजको प्रस्ताव अघि सारेको छ ।
राप्रपाले चुनावी प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेशको खारेज, केन्द्र र बलियो स्थानीय तहको अवधारणा अघि सारेको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अभिभावकीय संस्थाका रुपमा राजसंस्था रहने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अहिलेको आवश्यकता रहेको बताए ।
पूर्ण समानुपातिक संसद र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना आफूहरुको एजेण्डा रहेको बताए ।
सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र अहिलेको आवश्यकता रहेको उल्लेख छ । यस्तै घोषणापत्रमा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्रीजस्तो कार्यकारी पदमा बस्न नपाउने भनिएको छ।
प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया