काठमाडौं । विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईं प्रतिनिधि सभाको निर्वाचन फागुन २१ सम्म हिरासतमा हुन सक्ने बताइएको छ।
उनलाई निवासबाट सोमबार राती पक्राउ गरिएको छ।
प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा चलाइने भएको छ। यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ।
यसअनुसार फागुन ४ गते पक्राउ गयरिएका उनी २९ गतेसम्म हिरासतमा हुन सक्छन्। यद्यपि चुनाव सकिएलगत्तै २२ फागुनमा पनि उनी रिहा हुन सक्छन्।
उनी चुनाव विरोधी अभियानमा सक्रिय रहेका थिए।
काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनी पक्राउ परेका हुन्। उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको भट्टराईले बताए।
निर्वाचन आयोगको पत्रानुसार पक्राउ गरिनु भनेको नै अवरोध नहोस् भन्ने भएकाले प्रसाईं मतदानका दिनसम्म रिहा हुन नसक्ने अनुमान गरिएको हो।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार












प्रतिक्रिया