झापा । केपी शर्मा ओलीले झापा–५ का मतदातामाझ आज आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्ने कार्यक्रम तय गरेका छन्। नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीले दिउँसो ३ बजे दमक–९ को अमरसिंह चोकमा आयोजना गरिने कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएका हुन्।

ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालका अनुसार प्रतिबद्धता पत्रमा निर्वाचित भएपछि झापा–५ क्षेत्रमा कार्यान्वयन गरिने योजनाहरू समेटिएका छन्। त्यसमा नेपालमा कम्युनिष्ट आन्दोलनको पृष्ठभूमि, एमाले नेतृत्वमा बनेका सरकारका उपलब्धि तथा अघि सारिएका तर अधुरा रहेका विकास आयोजनाहरूको विवरण पनि समावेश गरिएको छ।

advertisement

हाल ओली दमक क्षेत्रलाई केन्द्रमा राख्दै घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन्।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com