काठमाडाैं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको सुरक्षा चेक पेष्टमा भएको आतङ्कवादी आक्रमणमा कम्तीमा ११ जना सुरक्षाकर्मी र १२ जना आतङ्कवादीकोे मृत्यु भएको सेनाले मङ्गलबार जनाएको छ ।

आतङ्ककारीहरूले बाजौर जिल्लामा सुरक्षा बल र कानून प्रवर्तन एजेन्सीहरूको संयुक्त चेकपोष्टमा आक्रमण गर्ने प्रयास गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले विज्ञप्ति मार्फत जनाएको छ ।

advertisement

आक्रमणकारीहरूले चेकपोस्टको सुरक्षा उल्लङ्घन गर्ने प्रयास गरेता पनि सुरक्षाकर्मीहरूले द्रुत र प्रभावकारी रूपमा गरेको जवाफी कारवाहिमा १२ जना आतङ्ककारीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आक्रमण पछि विस्फोटक पदार्थले भरिएको गाडी चेकपोस्टको पर्खालमा ठोक्किएर शक्तिशाली विस्फोट हुँदा चेकपोष्टको केही भाग क्षेतिग्रस्त भएको आइएसपिआरले जनाएको छ ।

विष्फोटको कारण ११ जना सुरक्षाकर्मीको मृत्यु भएको जनाउदै नजिकैको आवासीय भवनहरू पनि क्षतिग्रस्त हुँदा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य सात जना सर्वसाधारण घाइते भएको जनाइएको छ ।

सुरक्षा बलले बाँकी आतङ्ककारीहरूलाई नष्ट गर्ने अभियान सुरु गरेको आइएसपिआरले जनाएको छ ।

  • रासस

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com