काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार दिउँसो बा प्र ०३–००१ ख ११७९ नम्बरको टिप्परले लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रूपन्देहीका २८ वर्षीय जगदीश थारु गम्भीर घाइते भएका थिए। उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उक्त दुर्घटनामा मोटरसाइकलमा सवार दाङको राप्ती गाउँपालिका–६ का २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
टिप्पर चालक हेटौँडा–१५ निवासी २६ वर्षीय रोहित तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार













प्रतिक्रिया