काठमाडौं । नेपाली कांग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा आयोजना गर्दैछ। कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा हुने उक्त सभामार्फत पार्टीले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्ने तयारी गरेको हो।
यसअघि कांग्रेसले निर्वाचन आयोगमा फागुन ३ गते नै आफ्नो घोषणापत्र बुझाइसकेको थियो। यसपटक घोषणापत्रलाई ‘प्रतिज्ञा पत्र’ नाम दिइएको छ।
जनकपुरमा हुने सभालाई सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। मधेश प्रदेशका सबै निर्वाचन क्षेत्रबाट गरी एक लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिएका छन्।
जनकपुरबाट प्रतिज्ञा पत्र सार्वजनिक गरेपछि काठमाडौँमा पनि पत्रकार सम्मेलनमार्फत यसको विवरण सार्वजनिक गरिनेछ। कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रतिज्ञा पत्रबारे जानकारी दिने कार्यक्रम तय भएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया