काठमाडौं । राप्रपाले आफ्नो चुनावी घोषणा सार्वजनिक गरेको छ ।
शासकीय स्वरुपमा अभिभावकीय रुपमा राजसंस्था कायम राखिने घोषणापत्रमा उल्लेख गरेको छ ।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् रहनुपर्ने, प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना राप्रपाको घोषणापत्रमा उल्लेख छ ।
त्यसैगरी सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र र एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था गरिने पनि राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
राप्रपाको घोषणापत्र सो पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक गरेका छन् ।
घोषणापत्रको पुर्णपाठ हेर्न यहाँ थिच्नुहोस्–राप्रपा घोषणापत्र
प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार
प्रतिक्रिया