काठमाडौं। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध आफ्नै छोरालाई बागी उम्मेदवार बनाएको आरोपमा पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्यायलाई नेपाली कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ।
कांग्रेसले पार्टी निर्णय उल्लंघन गरेको भन्दै उपाध्याय र उनका छोरा आशिष शर्मासहित १९ जनामाथि अनुशासनको कारबाही गर्दै पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।
आशिष शर्मा कपिलवस्तु–१ मा बागी उम्मेदवार बनेका छन्। पार्टीका अनुसार बागी उम्मेदवारी दिन र समर्थन गर्न सक्रिय भूमिका खेलेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको हो।
तौलिहवामा बसेको जिल्ला कार्यसमिति बैठकले अनुशासन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरेको जनाएको छ। उक्त निर्णय अनुमोदनका लागि प्रदेश र केन्द्रीय अनुशासन समितिमा पठाइने जनाइएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया