भक्तपुर।  निर्वाचनको मिति नजिकिँदै गर्दा भक्तपुर क्षेत्र नम्बर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहाल नेकपा एमालेमा प्रवेश गरेका छन्। उनले एमाले उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्दै आफ्नी उम्मेदवारी फिर्ता लिएका हुन्।

बुधबार आयोजित कार्यक्रममा दाहालले औपचारिक रूपमा एमाले प्रवेश गर्दै बस्नेतको पक्षमा चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उम्मेदवारी निष्क्रिय पार्दै समर्थन जनाएपछि क्षेत्रको चुनावी समीकरणमा परिवर्तन आएको आँकलन गरिएको छ।

advertisement

दाहालको समर्थनपछि एमाले उम्मेदवार बस्नेतले खुशी व्यक्त गर्दै यसले आफ्नो जित सुनिश्चित गर्न थप बल पुग्ने बताएका छन्। उनले विभिन्न राजनीतिक शक्ति एकताबद्ध हुँदै विकास र समृद्धिका पक्षमा अघि बढ्नु सकारात्मक सन्देश भएको उल्लेख गरेका छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com