रूपन्देही।  रूपन्देही–३ मा निर्वाचन नजिकिँदै गर्दा फेरि एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई समर्थन गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार गोविन्द प्रसाद काराखेतीले उम्मेदवारी फिर्ता लिँदै एमालेका उम्मेदवार बासुदेव घिमिरेलाई सघाउने निर्णय गरेका हुन्। प्रलोपाका संरक्षकमा बाबुराम भट्टराई र जनार्दन शर्मा रहेका छन्।

advertisement

यसअघि सोही क्षेत्रमा जनता समाजवादी पार्टी नेपाल का उम्मेदवार श्रीनिवास यादव पनि एमाले प्रवेश गरेका थिए।

प्रलोपाले औपचारिक निर्णय सार्वजनिक गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई बासुदेव घिमिरेलाई मतदान गर्न अपिल गरेको जनाएको छ। निर्णय पार्टीका क्षेत्रीय इन्चार्ज तथा केन्द्रीय सदस्य रविना भण्डारी र केन्द्रीय सदस्य विमला बिकले संयुक्त रूपमा सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com