काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि आएको टर्किश एयरको विमान प्राविधिक समस्या देखिएपछि अवतरण गर्न नसक्दा ढाका डाइभर्ट गरिएको छ। टर्कीको इस्तानबुलबाट आएको उडान नम्बर टीके ७२६ बुधबार बिहान ११:१० बजे काठमाडौं अवतरण गर्ने तालिका थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार समस्या विमानस्थलमा नभई विमानमै आएको हो। ढाकामा सुरक्षित अवतरण गरेपछि उक्त विमान अब फेरि काठमाडौंका लागि उड्न तयार छ र केही घण्टाभित्र अवतरण हुने अपेक्षा गरिएको छ।
उडान ट्रयाकिङ साइट फ्लाइटराडारका अनुसार ढाकाबाट विमान फेरि रनवेमा उड्न तयार भएको छ। यसअघि २१ माघमा पनि टर्किश एयरको जहाज काठमाडौंबाट उडे लगत्तै चार मिनेटमा दायाँ इन्जिनमा आगलागी भएपछि भारतको कोलकाता डाइभर्ट गरिएको घटना भएको थियो।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार













प्रतिक्रिया