काठमाडौं । बालेन शाहले सुदूरपश्चिम प्रदेशमा भोटभन्दा पनि काम गर्नका लागि आएको बताएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले प्रदेशलाई सुगम र सुसम्बद्ध बनाउने विषयमा जोड दिएका थिए।
सभामा बोल्दै बालेन शाहले भने, ‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनु आवश्यक छ। हामी यहाँ भोट माग्न आएका छैनौं, काम माग्न आएका हौँ। काम दिनुहोस् है?’
उनले मतदाता भोट नदिए पनि रास्वपा प्रदेश निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारे। ‘तपाईंहरूले भोट नदिनुभयो भने पनि रास्वपा सुदूरपश्चिमलाई व्यवस्थित बनाउँछ। हाम्रा उम्मेदवारलाई हाम्रो कामको सूची दिनुहोस्। भोट नदिए पनि हुन्छ, काम त दिनुस्,’ उनले थपे।
बालेनले प्रदेशको विकासमा जनताको सहभागिता र कार्यान्वयनलाई सबैभन्दा प्राथमिकता दिइने पनि बताए।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार












प्रतिक्रिया