जनकपुर। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले कांग्रेस केवल विगतको इतिहासमा अड्किएको दल नभई समयको मागअनुसार परिवर्तन हुँदै आएको राजनीतिक शक्ति भएको बताएका छन्।

बुधबार जनकपुरको तिरहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले पार्टीले आफ्नो ऐतिहासिक योगदानप्रति गर्व गर्ने भए पनि वर्तमान आवश्यकताअनुसार रूपान्तरणलाई आत्मसात् गरेको स्पष्ट पारे। विशेष महाधिवेशनमार्फत कांग्रेसले संगठनात्मक तथा नीतिगत सुधार गर्दै नयाँ दिशातर्फ अघि बढेको उनले उल्लेख गरे।

advertisement

उनले मतदातालाई सम्बोधन गर्दै भने, “हामी पुरानो कांग्रेसका उपलब्धिहरूमा गर्व गर्छौं, तर समयले परिवर्तनको माग गरेपछि कांग्रेस पनि बदलिएर आएको छ। अहिलेको प्रश्न केवल कसले चुनाव जित्ने भन्ने होइन, देशलाई जिम्मेवारीपूर्वक सम्हाल्ने शक्ति को हो भन्ने हो।”

उपसभापति शर्माले कांग्रेसका लागि जित–हार असामान्य विषय नभएको टिप्पणी गरे। कांग्रेसले विगतमा धेरैपटक चुनाव जितेको र हारेको स्मरण गर्दै उनले अहिलेको मुख्य प्रश्न लोकतान्त्रिक पद्धति, सामाजिक सद्भाव र राष्ट्रिय स्थिरतालाई कसले मजबुत बनाउँछ भन्ने भएको बताए।

उनले समाजमा एकता, सद्भाव र जिम्मेवार शासन स्थापित गर्न कांग्रेस प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com