काठमाडौं । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित धाराखोलामा डोजरले माथिबाट लडाएको ढुङ्गाले लागेर ७१ वर्षीय बलबहादुर राईको मृत्यु भएको छ।

प्रहरीका अनुसार, सोही नगरपालिकाको वडा नं ३ च्यास्मिटारस्थित दाल्फुको भित्री सडक निर्माणको काम गर्दै गरेको डोजर (ना१क ७३४७ नम्बर) ले माथिबाट ढुङ्गा लडाउँदा राईको टाउकोमा लागेको थियो र घटनास्थलमै उनको मृत्यु भयो।

advertisement

घटना भएलगत्तै खटिएको प्रहरीले डोजर र चालक, उदयपुरको ताप्ली गाउँपालिका–२ लेखगाउँ निवासी २६ वर्षीय केवल मगरलाई नियन्त्रणमा लिएको छ र कारबाही प्रक्रिया सुरु गरिएको छ, जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले दिए।

राईको शव घटनास्थलमा सर्जमिन मुचुल्का गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com