काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध रुकुमकै सब-इन्जिनियर राजन पाण्डे चुनावी मैदानमा छन् । त्यससँगै रुकुम पश्चिम क्षेत्र नं १ मा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मा र स्वतन्त्र उम्मेदवार राजन पाण्डे बीच चुनावी महासंग्राम हुँदैछ  ।

बि.सं २०५२ श्रावण २१ गते रुकुम पश्चिमको मुसिकोटमा जन्मिएका पाण्डे द्वन्द पिडित परिवारका युवा हुन् । माओवादी सशस्त्र द्वन्दमा होमिएका उनका बाबू टोपबहादुर पाण्डे वि.सं २०५५ सालमा तत्कालीन शाही नेपाली सेनाले बेपत्ता पारेको थियो । राजन पाण्डेका माईला दाई पनि माओवादी जनयुद्धमा सेना सँगको भिडन्तमा २०५४ सालमा शहिद भए ।

सोही सहिद परिवारका उनै युवा ‘खुकुरी क्रस’ चुनाव चिन्ह सहित स्वतन्त्र उम्मेदवारी मार्फत माओवादी केन्द्रका नेता तथा गठबन्धनका साझा उम्मेदवार जनार्दन शर्मासँगको चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com