काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ फागुन २२ मा हुने गरी साधारण तारेख तोकेको छ। रिटकर्ता एवं अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही मितिमा सुनुवाइ हुने जानकारी दिएका छन्।

संसद् विघटनविरुद्ध कात्तिक १२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले १६ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षी पक्षलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।

advertisement

त्यसपछि नेकपा एमालेका सांसद र नेपाली काँग्रेसले अलग–अलग रिट दायर गरेका थिए। लिखित जवाफहरू पेश भइसके पनि अदालतले सुनुवाइको निश्चित मिति फागुन २२ तोकेको हो। यसबीचमा प्रारम्भिक सुनुवाइ मात्रै भएको छ भने थप सुनुवाइको मिति भने अझै तय भएको छैन।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र हालको प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति समेत असंवैधानिक भएको दाबी गर्दै राष्ट्रपतिद्वारा गरिएको निर्णय रद्द गर्न माग गरिएको छ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com