काठमाडौं । धरहरा परिसरभित्र नवनिर्मित संरचनामा रहेको सवारी साधन पार्किङ र सुरक्षा व्यवस्थापनको जिम्मेवारी अब काठमाडौँ महानगरपालिकाले सम्हाल्ने भएको छ । शुक्रबार सुन्धारामा बसेको नेपाल सरकार र महानगरको संयुक्त बैठकले पार्किङ व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन महानगर प्रहरी बल परिचालन गर्ने निर्णय गरेको हो ।

बैठकले धरहराको समग्र सञ्चालनलाई दिगो र व्यवस्थित बनाउन तत्काल तथा दीर्घकालीन योजना तयार पार्ने निर्णय पनि गरेको छ । यसका लागि सहरी विकास मन्त्रालय र महानगरका पदाधिकारीहरू सम्मिलित एक संयुक्त समिति गठन गरिएको छ । समितिले परियोजनाको सञ्चालन मोडालिटीबारे अध्ययन गरी ठोस सुझाव पेश गर्नेछ ।

advertisement

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाह्य संरचनाको उपयुक्त व्यवस्थापनको जिम्मा महानगरलाई दिइएको जानकारी दिँदै सम्पूर्ण धरहरा सञ्चालन अधिकार नै महानगरलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह गरिएको बताइन् ।

यसैगरी सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धाराको बाह्य स्वरूप व्यवस्थापनसँग सम्बन्धित सम्पूर्ण आर्थिक दायित्व महानगरले व्यहोर्ने गरी सहमति भएको स्पष्ट पारे । उनले पार्किङ र सुरक्षासम्बन्धी काम महानगरले तत्काल सुरु गर्ने उल्लेख गर्दै व्यवस्थापन हस्तान्तरणका लागि आवश्यक कार्यविधि तयार पार्न समितिले काम अघि बढाउने बताए ।

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । निर्णयसँगै सुन्धारा क्षेत्रको पार्किङ समस्या व्यवस्थापनमा सहजता आउने तथा धरहरा परिसरको सुरक्षा, सरसफाइ र समग्र व्यवस्थापनमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com