काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा एक युवकको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

फागुन ६ गते काठमाडौं महानगरपालिका–१५ स्थित पशुपति शिवालय मन्दिरको उत्तरतर्फ एक युवकको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। मृतक सङ्खुवासभा घर भएका २५ वर्षीय सन्तोष गिरी रहेको प्रहरीले जनाएको छ।

advertisement

हत्या आरोपमा दोलखा वैतेश्वर गाउँपालिका–२ घर भई हाल भक्तपुर थिमी बस्ने २३ वर्षीय आशीर्वादनाथ योगी उर्फ सरोज तामाङ तथा भारत, उत्तर प्रदेशको मथुरा घर भई हाल काठमाडौं पशुपति बस्ने ४८ वर्षीय नीरज नाथलाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार सन्तोष गिरी र नीरज नाथसहितको ‘बाबा’ समूहबीच विवाद हुँदा चिम्टालगायतका वस्तुले प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको एसपी भट्टराईले बताए।

मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com