सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा आबद्ध भएका छन्। हालसम्म लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सक्रिय रहेका सिंहलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार राति आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन्।

सिंहको निजी निवासमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय नेतृत्वसहित जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापतिलगायत स्थानीय अगुवा कार्यकर्ताको सहभागिता देखिएको थियो।

advertisement

सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। उनले उक्त निर्वाचनमा ४ हजार ३ सय २७ मत प्राप्त गरेका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा भने राजपाको विभाजनपछि लोसपाबाट पुनः मेयर पदका उम्मेदवार बनेका सिंह पराजित भएका थिए। त्यसबेला नेकपा माओवादी केन्द्रका उम्मेदवार रामाशंकर कुशवाहासँग १ हजार १२ मतान्तरले उनी पराजित भएका थिए।

यसअघि पनि सर्लाही–४ क्षेत्रका लोसपा नेता तथा पूर्व संविधानसभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्रलगायतका नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन्। सिंहको प्रवेशसँगै उक्त क्षेत्रमा कांग्रेसको संगठनात्मक प्रभाव थप बलियो हुने विश्लेषण गरिएको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com