काठमाडौं । रौतहटको सदरमुकाम गौर अहिले तनावग्रस्त भएको छ। हिन्दु र मुस्लिम समुदायबीचको विवादका कारण शनिबार दिनभरि झडप जारी रहँदा तीन वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालले रातोपाटीलाई जानकारी दिँदै भने, ‘शुक्रवार पनि झडप भएको थियो र स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले लगातार प्रयास गरिरहेको छ।’
झडपको सुरुवात तीन दिनअघि हिन्दु समुदायका केही व्यक्तिहरू जन्तीका क्रममा मस्जिद नजिक पुगेपछि भएको बताइएको छ। गौर–६ स्थित सवगडा गाउँमा दुई समुदायबीच दुई दिनदेखि लगातार तनाव चलिरहेको छ। आक्रोशित समूहले गौरमा रहेको एउटा पेट्रोल पम्पमा समेत तोडफोड गरेको छ।
स्थानीय प्रशासन र सुरक्षा निकायले झडप नियन्त्रणमा राख्न सक्रिय भए तापनि तनावको अवस्था स्थिर हुन सकेको छैन।
यसैबीच, फागुन ८ गतेबाट मुस्लिम समुदायले आफ्नो मुख्य पर्व रमजान सुरु गरेको छ। रमजानको अवधिमा मुस्लिम धर्मावलम्बीहरू दिनभरि व्रत बसेर नमाज पढ्ने गर्छन् र सूर्य उदयदेखि अस्तसम्म पानी पनि पिउँदैन। पर्वको समयमा उनीहरूले नियमित रूपमा मस्जिदमा गएर सामूहिक नमाज अर्चना गर्छन्।
प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया