काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी आगामी निर्वाचनमा बहुमत वा ठूला पार्टीको रूपमा स्थापित हुने दाबी गरेका छन्। पार्टीको चुनावी भेलामा सम्बोधन गर्दै उनले जनताको विश्वास नै कांग्रेसको बल भएको बताएका छन्।

महतले भने, ‘पुरानो हुनु केवल समयले होइन, काम गरेर, जनताको बीचमा अडिग भएर टिकिरहनु नै पुरानोपन हो। सुख-दुःख, अप्ठ्यारोमा पनि जनताको बिचमा रहन सक्ने पार्टी नै साँच्चिकै पुरानो हुन्छ। नयाँ भनेको मात्र केही समय टिक्छ, तर छिट्टै बिग्रन्छ।’

advertisement

उनले कांग्रेसले अनेक अप्ठ्यारा परिस्थितिका बाबजुद विचलित नहुने स्पष्ट पारे। महतले थपे, ‘हामीमाथि राज्य संरचना, राजनीतिक चुनौती सबै भए तापनि हामी विचलित छैनौं। अझै पनि हामी जनताको बिचमा सक्रिय छौँ। यो विश्वास हामीले आर्जन गरिसक्यौं। अब फागुन २१ को निर्वाचनलाई सामान्य रूपमा लिन सकिन्न। जनतालाई घर–घर गएर बुझाउनुपर्छ, सामाजिक सञ्जालमा फैलाइएको दुष्प्रचार रोक्नुपर्छ। यदि हामीले यो चुनौती पार गर्न सक्यौं भने कसैले हामीलाई रोक्न सक्दैन।’

उनले देशमा लोकतन्त्र, व्यवस्था र समृद्धि कायम राख्न कांग्रेसको भूमिकालाई महत्त्वपूर्ण ठहर गर्दै भने, ‘देश कमजोर हुन सक्छ, लोकतन्त्र कमजोर हुन सक्छ। अराजकता र अनुशासनहीन प्रवृत्तिलाई हामीले परास्त गर्नुपर्छ। युवा रोजगारी सिर्जना गर्ने, समृद्धि सुनिश्चित गर्ने र हरेक घरमा त्यो समृद्धि पुर्‍याउने जिम्मेवारी केवल कांग्रेसको हातमा छ, अरू कसैले यो लक्ष्य हासिल गर्न सक्दैन।’

महतले नयाँ राजनीतिक दलका गतिविधि र भविष्यबारे अत्तोपत्तो नपर्नुपर्ने र कांग्रेसले देशको नेतृत्वमा दृढ भूमिका खेल्ने पनि बताएका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com