रौतहट । सदरमुकाम गौरमा बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार दिउँसो १ बजेबाट अर्को सूचना नभएसम्म गौर नगरपालिकाका केही क्षेत्रहरूमा कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु क्षेत्रभित्र कुनै पनि व्यक्तिले आवत–जावत गर्न, सभा, जुलुस वा प्रदर्शन गर्न नपाउने जनाइएको छ। कर्फ्यु क्षेत्र पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कायम गरिएको छ। यस आदेशको उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही गरिने सिडियो दिनेश सागर भुसालले जारी गरेको सूचनामा उल्लेख गरेका छन्।

advertisement

गौर–६ सवगढामा दुई समुदायबीच सहमतिविपरीत पुनः झडप भएको छ। प्रशासनको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भएको थियो, तर शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गा–मुढा प्रहार सुरु भएपछि अवस्था तनावग्रस्त बनेको हो।

झडप बढ्दै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारी पनि पुगेर स्थिति नियन्त्रणमा राख्ने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com